काठमाडौं । पछिल्लो समय नेपालमा पनि विद्युतीय सवारीको लोकप्रियता तिब्र रुपमा बढ्दै गएको पाईएको छ । तुलनात्मक रुपमा हाल बिक्रि हुने सवारीमा धेरै मात्रामा भने विद्युतीय सवारी बिक्रि हुने गरेको छ ।
विद्युतीय सवारीप्रती मानिसहरूको चासो बढ्नुमा विभिन्न कारणहरु रहेका छन् । जुन मान्छेहरुले आफ्नो फाईदा र प्राकृतिक फाईदाका लागि प्रयोग गर्ने गरेको बुझ्न सकिन्छ । जसमा इन्धनको मूल्यमा बढ्दो चापका कारण, वातावरणमैत्री सवारी, गाडीमा आकर्षक र सहज फिचर, सुरक्षाको राम्रो उपलब्धता, ब्याट्रीबाटै सवारी चलाउन सक्ने आदि रहेका छन् ।
यसप्रकारका सवारीहरु विशेषगरी देसका ठुला सहरहरु काठमाडौं उपत्यका, पोखरा, धरान जस्ता सहरी क्षेत्रमा धेरै रुचाउने गरिएको देखिन्छ ।
विद्युतीय कार भनेको पेट्रोल इन्जिन नभई विद्युतीय मोटरबाट सवार गर्न मिल्ने कार हो जसमा परम्परागत सवारीमा जस्तो पेट्रोल पम्पमा गएर डिजेल पेट्रोल राखेजस्तै विद्युतीय सवारी चार्ज गर्न भने विभिन्न ठाउँमा चार्जिङ स्टेसन बनाइएका हुन्छन् ।
माथि उल्लेखित तस्विरमा बिगतदेखि काठमाडौं हेटौडामा पट्रोलियम पदार्थवाट संचालन हुने सवारी संचालनमा थियो भने हाल विद्युतिय सार्वजनिक सवारी पनि संचालन हुने गरेका छन् । एक यात्रीले भने सहज यात्रा हुने भएका कारण म विद्युतिय सवारीमा सवार गर्न भने भाडा बढी तिर्न समेत मञ्जुर रहेको यात्रीले बताउनु भयो ।
काठमाडौं हेटौडा यात्रामा विशेष ठाउमा चार्जिङ्ग स्टेसन नहुँदा बाटोमा समस्या आउन सक्ने चालकले बताए । चालक भन्छन् पेट्रोलियम सवारी भन्दा विधुतीय सवारी चलाउन सहज, धेरै फिचर भएको, वायुप्रदुषण नियन्त्रणमा पनि सहयोग पुग्ने र सुरक्षाको हिसाबले पनि राम्रो भएको चालकले बताउछन् । चालक भन्छन् हमिले जस्तै अन्य सवारी चालकलेमा पनि वायुप्रदुषण सम्वन्धी केहि सरकारले वा ट्राफिक प्रहरीले चेतनामुलक कार्यक्रम गरी यस विषयमा ज्ञान दिदा सवारीवाट पैदा हुने वायुप्रदुषण कम गर्न सकिने चालकले बताए ।



