Govinda

Patan Temple

अचम्म मानेर अवलोकन गरिने पाटनको ढुङ्गे मन्दिर

काठमाडौः- नेपालको ऐतिहासिक र पुरातत्तिक महत्व बोकेको पाटन दरवारभित्र ढुङ्गै ढुङ्गाले बोकेको अचम्मको मन्दिर देख्न सकिन्छ । पाटन दरवार क्षत्रको दक्षीण तर्फ राधाकृष्णको मन्दिर शिखर शैलिमा निर्माण गरिएको छ । अचम्मको कुरा के छ भने यो ढुङ्गावाट मात्र बनेको छ काठको प्रयोग भएको छैन ।

राधाकृष्णको ढुङ्गे मन्दिर राज शिद्धनरसिंहको पालमा ३७५ बर्ष अगाडी बनेको थियो तत्कालिन समयको मुर्तिकलाको अनुपम नमुनाको रुपमा यो मन्दिर लिन सकिन्छ । स्थानिय बासि हरिराम श्रेष्ठको अनुसार दिनकै पर्यटकहरुको चासो लिदै अचम्म मानेर अवलोकन गर्ने गर्दछन् । उसका अनुसार यस मन्दिरमा हरेक बर्षको  भाद्र महिनामा कृष्ण अष्ठमिका दिन राधाकृष्ण मन्दिरमा विशेष पुजा तथा उत्सव आयोजना गर्ने गरिन्छ । यस पर्वमा भक्तजनहरुले मन्दिरमा दर्शन गर्ने र भगवान श्रीकृष्णको जन्मउत्सव मनाउने पराम्परा रहेको छ ।

राधाकृ मन्दिर भारतीय शिखर शैलिमा निर्माण गरिएको छ । यो मन्दिर विश्वसम्पदा सूचिमा सूचिकृत छ । यो मन्दिर ललितपुरको पाटन दरवार क्षत्रको पर्यटक वृद्धि गर्ने भुमिका खेलेको छ ।