Govinda

Balkhu Tarkari

बल्खु तरकारी बजार: महिला सहभागिता बढ्दो, व्यवस्थापनमा चुनौती

काठमाडौं । राजधानीको मुख्य तरकारी आपूर्तिकर्ता बजारको रूपमा परिचित काठमाडौंको बल्खु तरकारी बजारले दैनिक रूपमा हजारौँ ग्राहकहरूको सेवा गर्दै आएको छ। स्थानिय व्यापरिका अनुसर “महिलाहरूको उपस्थिति बढ्दै गएको जनाएको छ। अहिले धेरैजसो स्टलमा महिला नै जिम्मेवार छन्।” यसले महिलाहरूको आर्थिक सशक्तिकरणमा पनि ठूलो भूमिका खेलेको तस्विरमा देख्न सकिन्छ ।

बल्खु तरकारी बजारलाई सहायक बजारको रूपमा सञ्चालन गरिए पनि यसको मुख्य कार्यालय भने कालीमाटी फलफूल तथा तरकारी बजारमा रहेको छ। व्यवस्थापनको जिम्मा स्थानीय सहकारी संस्था र सम्बन्धित निकायले सम्हाल्ने बल्खु तरकारी बजारमा सरसफाइको लागि हरेक बिहान र बेलुकी कर्मचारीहरू खटिने गरेका छन् । तथापि, फोहोरको उचित व्यवस्थापन नहुँदा कतिपय ठाउँहरूमा दुर्गन्ध आउने र किनमेलमा कठिनाइ हुने समस्या पनि देखिन्छ। स्थानीय व्यापारी भन्छन्  “हाम्रो बजारको व्यवस्थापनमा अझै धेरै सुधार आवश्यक छ। नियमित सरसफाइ भए पनि प्लास्टिकको मात्रा घटाउन चुनौती रहेको व्यापारीले बताउछन्।”

बल्खु बजारमा देशभरका विभिन्न स्थानबाट आएका लोकल तरकारीहरू पाइन्छन्। विशेष गरी काभ्रे, धादिङ, चितवन लगायतका स्थानहरूबाट ताजा तरकारी यहाँ ल्याईने गरेको र उत्पादनको भण्डारण र व्यवस्थापन भने व्यपारीहरुकै पहलमा हुने गरेको काभ्रे घर भई हाल बल्खुमा तरकारी व्यापार गरिरहेकी स्थानियले भन्छिन्, “हामी आफ्नै गाउँबाट ताजा तरकारी ल्याउँछौँ। यहाँ लोकल उत्पादन धेरै मन पराइन्छ। तर, व्यवस्थापनमा केही समस्या भोग्नुपरेको छ।”

बल्खु बजारमा तरकारीको मूल्य निर्धारण हरेक बिहानको माग र आपूर्तिको आधारमा गरिन्छ। व्यापारीहरूले एक आपसमा मूल्य तय गर्ने र त्यसपछि ग्राहकलाई जानकारी गराइने र प्रमुख व्यापारी र व्यवस्थापन समितिले मुल्य तय गरेपछि विभिन्न डिजिटल म्यासेजिङ प्लेटफर्ममार्फत जानकारी प्रवाह गरिन्छ। स्थानीय व्यापारी भन्छन्, “मूल्य घटबढ दैनिक हुन्छ, हामीले प्रत्येक बिहानै जानकारी लिन्छौँ।”

बल्खु तरकारी बजारको अवस्थिति बाग्मती नदीको किनारमा रहेको हुँदा, बाढीको खतरा सधैँ भोगिरहेको र विगतमा आएको बाग्मतीको बाढीले यहाँका व्यापारीहरूलाई ठूलो आर्थिक क्षति पुर्याएको पनि अवगत नै रहेको र व्यापारी अनुसार, “बर्खाको समयमा पानीको सतह बढ्दा सबैको मनमा डर हुने, गत सालको बाढीले धेरैको स्टल बगाएको थियो।” यस कारण, व्यवसायीहरू जोखिममा व्यापार गर्न बाध्य छन्। सुरक्षाका उपायहरू नअपनाउँदासम्म यो डर निरन्तर रहिरहने उनले भने विभिन्न चुनौति रहेको बल्खु तरकारी बजारमा चुनौतीहरूको समाधान गर्न सहकारी संस्था, स्थानीय तह र सम्बन्धित निकायहरूले थप सक्रियता देखाउनु आवश्यक रहेको र महिला व्यापारीहरूको प्रोत्साहन र सरसफाइमा सुधार ल्याइयो भने बल्खु तरकारी बजारलाई उदाहरणीय बनाउन सकिने व्यापारिले जनाएका छन् ।